Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

भक्तपुर अस्पतालमा तोडफोड

भक्तपुर अस्पतालमा तोडफोड

काठमाडौँ : भक्तपुर अस्पतालमा बिरामीका आफन्तले सघन उपचार कक्ष(आइसीयू)मा भर्ना नपाएको भन्दै तोडफोड गरेका छन्।

बुधबार बेलुकी आफन्तहरूले अस्पतालमा बिरामीलाई भर्ना गर्न दबाब दिँदै तोडफोड गरेको अस्पतालले जनाएको छ। घटना बुधबार बेलुकीकाे हो। अस्पतालका निमित्त निर्देशक डा.त्रिभुवन चन्द्र झाले भर्नाको लागि दबाब दिँदै २० देखि २५ जनाको समूहले कार्यरत चिकित्सक, आइसीयू र इमरजेन्सीमा काम गर्ने कर्मचारीलाई धम्क्याएको जानकारी दिए। 

डा.झाले भने,‘८२ वर्षीय जेष्ठ नागरिक महिलालाई दम भएर बिहान डिस्चार्ज गरेका थियौँ। बेलुकी आफन्त आएर भर्ना गर्न दबाब दिनुभयो। हामीसँग पर्याप्त जनशक्ति पनि छैन। बेड संख्या कम छ, आइसीयूमा भर्ना गर्नुपर्छ भन्दै आउनुभएकाे थियाे।’ उनले बिरामीका आफन्तहरूले हातमा फर्सेपले हानेको र आइसीयूका औषधिको बोतल फुटालेको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट