Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

गृहमन्त्री गुरुङ उच्चस्तरीय टोलीसहित सुनसरी जाँदै

गृहमन्त्री गुरुङ उच्चस्तरीय टोलीसहित सुनसरी जाँदै

काठमाडौं : सुनसरीमा पछिल्ला दिनदेखि विकसित तनावपूर्ण अवस्थाको स्थलगत अनुगमन गर्न गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह सँगको छलफलपछि गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न, सुरक्षा अवस्थाको समीक्षा गर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्न सुनसरी जाने निर्णय भएको हो।

गृहमन्त्रीसँगै स्वास्थ्यमन्त्री निशा मेहता तथा केही सांसदहरू पनि सुनसरी जाने कार्यक्रम रहेको छ। सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि तनाव अन्य जिल्लासम्म फैलिन थालेको छ। विकसित परिस्थितिलाई मध्यनजर गर्दै सरकारले उच्चस्तरीय अनुगमन, समन्वय र शान्ति–सुरक्षा व्यवस्थापनलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट