Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा : धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ । धनुषाकै हंसपुर नगरपालिका–३ मलहनिया घर भएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको रघुनाथपुरस्थित हनुमान मन्दिरमा सुतिरहेको अवस्थामा हत्या भएको हो ।

उनी रघुनाथपुरस्थित फुपूको घरमा बस्दै आएका थिए । स्थानीयका अनुसार उनी फूपुको घरमा खाना खाएर मन्दिरमा सुत्ने जाने गरेका थिए ।स्थानीयले गडेरीको हत्या भएको खबर गरेपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट