Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

मधेशको शान्ति सुरक्षाका लागि एआईजी नेतृत्वमा प्रहरी टोली परिचालन

मधेशको शान्ति सुरक्षाका लागि एआईजी नेतृत्वमा प्रहरी टोली परिचालन

काठमाडौँ  : मधेश प्रदेशमा शान्ति सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अतिरिक्त महानिरीक्षक (एआईजी)को नेतृत्वमा टोली परिचालन गरेका छन्।

नेपाल प्रहरीले कार्य विभाग प्रमुख एआईजी हिमालयकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली मधेश पठाएको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले सुरक्षा अवस्था मध्यनजर गर्दै वरिष्ठ प्रहरी अधिकारीहरूलाई खटाइएको जानकारी दिए।

यस्तै, सशस्त्र प्रहरी बल नेपालले पनि कार्य विभाग प्रमुख एआईजी गणेश ठाडा मगरको नेतृत्वमा टोली मधेश पठाएको छ। सुनसरीको कप्तानगन्ज बजारमा साउन ९ गते दुई समूहबीच भएको विवाद झडपमा परिणत भएपछि अवस्था तनावपूर्ण बनेको थियो। स्थिति नियन्त्रणका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक युवकको मृत्यु भएको थियो।

त्यसपछि सुनसरीसहित मधेशका विभिन्न जिल्लामा तनाव बढेको थियो। विभिन्न स्थानमा भएका झडपमा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij