Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सुनसरी घटना : मृतकको शव परिवारलाई बुझाइयाे

सुनसरी घटना : मृतकको शव परिवारलाई बुझाइयाे

विराटनगर :  सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु भएका दुई जनाको शव अस्पतालबाट निकालिएको छ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव शुक्रबार साँझ परिवारले बुझेका छन्। उनीहरूको शव विराटनगरस्थित कोशी अस्पतालमा थियो।

गोली लागेर ओमप्रकाशको घटनास्थलमै र गम्भीर घाइते जयप्रकाशको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो। उनीहरूको शव कप्तानगञ्जस्थित घर लैजाने र त्यसपछि अन्त्येष्टि गर्ने तयारी छ।बिहीबार राति गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सरकार र मृतक परिवारबिच सहमति भएपछि परिवारले शव बुझेको हो। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij