काठमाठौँ : सिरहामा गोली लागेर मृत्यु भएका गणेश यादवको घरमा तत्काल नआइदिन जनप्रतिनिधिहरूले गृहमन्त्री सुधन गुरुङलाई अनुरोध गरेका छन्।
स्थिति अझै सामान्य नभएकाले प्रमुख जिल्ला अधिकारी ९सीडीओ० मार्फत गृहमन्त्रीलाई तत्काल नआइदिन आग्रह गरिएको औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोधी यादवले बताएका छन्।
उनका अनुसार मृतकको घरमा ठूलो संख्यामा युवाहरू भेला भएका छन् र गृहमन्त्रीलाई त्यहाँ प्रवेश गर्न नदिने तयारीमा छन्। ,गृहमन्त्री अहिले आउनुभयो भने अवस्था झन् खराब हुन सक्छ, उनले भने।
वडाध्यक्ष यादवले पीडित परिवारले आफ्ना मागहरू पूरा गर्ने स्पष्ट प्रतिबद्धता पहिले सीडीओमार्फत् पठाउनुपर्ने अडान राखेको पनि जानकारी दिए।
यता गृहमन्त्री गुरुङ भने सुनसरीबाट सप्तरी हुँदै सिरहातर्फ प्रस्थान गरेका छन्। बिहीबार सिरहाको गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो।
यसअघि शुक्रबार बिहान सुनसरीमा गोली लागेर मृत्यु भएका दुई युवाका आफन्तसँग गृहमन्त्री गुरुङले भेट गरी सहमति गरेका थिए। त्यसपछि आफन्तहरूले शव बुझिसकेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij