Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

दाङका वन क्षेत्रबाट २१ थान अवैध भरुवा बन्दुक बरामद

दाङका वन क्षेत्रबाट २१ थान अवैध भरुवा बन्दुक बरामद

दाङ : दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट प्रहरीले २१ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा जिल्लाका विभिन्न प्रहरी इकाइबाट परिचालित टोलीले खोजतलासका क्रममा वन क्षेत्रमा लुकाइएका भरुवा बन्दुक फेला पारेको हो।


अस्थायी प्रहरी पोस्ट बेलुवाबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वा सामुदायिक वनबाट एक थान एकनाले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने चार थान फलामका छर्रा बरामद गरेको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय कमिरेचौरबाट परिचालित टोलीले बंगलाचुली गाउँपालिका–३ स्थित जनचेतना सामुदायिक वनबाट चार थान तथा वडा नं। ६ को टोट्केलेखस्थित लालीगुराँस सामुदायिक वनबाट आठ थान भरुवा बन्दुक बरामद गरेको छ।

यस्तै, प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले घोराही उपमहानगरपालिका–२ को च्याख्लीघाटस्थित राष्ट्रिय वनबाट आठ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।

बरामद गरिएका २१ थान भरुवा बन्दुक र चार थान फलामका छर्राको स्रोत तथा त्यसमा संलग्न व्यक्तिको पहिचानका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट