Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

मधेशको तनाव समाधान गर्न जनकपुरमा आन्दोलनकारीसँग गृहमन्त्री गुरुङको वार्ता

मधेशको तनाव समाधान गर्न जनकपुरमा आन्दोलनकारीसँग गृहमन्त्री गुरुङको वार्ता

जनकपुर : मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था सामान्य बनाउन गृहमन्त्री सुधन गुरुङले शनिबार जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता थालेका छन्। गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेनालगायत आन्दोलनकारी समूहका प्रतिनिधिसँग छलफल गरेका हुन्।

साउन १० गते गएको सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सशस्त्र प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए। घाइतेमध्ये जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएपछि सुनसरीका विभिन्न स्थानमा तोडफोड तथा आगजनीका घटना भएका थिए ।

देवानगञ्ज घटनाको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा पनि आन्दोलन र प्रदर्शन भएका थिए। यसक्रममा सिरहाको लहानमा प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो । त्यसपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मधेसप्रदेश भर कर्फ्यु र निषेधाज्ञा जारी गरिएको थियो ।

पिडित परिवार र सरकारबीच सहमति भएसँगै अवस्था केही सामान्य बन्दै गइरहेको छ । केही जिल्लाबाट कर्फ्यु हटाइए पनि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा भने यथावत् राखिएको छ। यता तनाव कम गर्न र सुरक्षा अवस्थाको अनुगमन गर्न गृहमन्त्री गुरुङ तराई भ्रमणमा छन् । सरकारले वार्तामार्फत समस्या समाधान र सामाजिक सद्भाव कायम गर्ने प्रयास गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij