Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

चितवन प्रहरीद्धारा जेन्जी आन्दोलनका क्रममा फरार भएका कैदी भरुवा बन्दुकसहित पक्राउ

चितवन प्रहरीद्धारा जेन्जी आन्दोलनका क्रममा फरार भएका कैदी भरुवा बन्दुकसहित पक्राउ

 

चितवन :  चितवनमा जेन्जी  आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०७८ भदौ २३ र २४ गते भएको जेन्जी  आन्दोलनका क्रममा एकसिङ्गे गैँडा मारी वन्यजन्तुसम्बन्धी कसुरमा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना तोकिएका चितवनको राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४८ वर्षीय कैदी  आइतसिंह लामा भरतपुर कारागारबाट फरार भएका थिए।

प्रहरीले फरार कैदीको खोजतलास गर्ने क्रममा साउन १७ गते बिहान करिब ३ः१५ बजे निजकै घरबाट उनलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

92ab12ad-dd15-44fd-82bd-41bfd894b297.jfif
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij