Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

थाइल्यान्डबाट ल्याएको ११ किलो गाँजासहित तीन भारतीय पक्राउ

थाइल्यान्डबाट ल्याएको ११ किलो गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौं : थाइल्यान्डबाट ल्याएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पन्जाब घर भएका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह र हरियाणा घर भएका २२ वर्षीय साहिल छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो ।

शनिबार राति क्याथे प्यासिफिक एअरवेजको उडानमार्फत दुई भारतीय थाइल्यान्डबाट हङकङ हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए । उनीहरूले ल्याएको गाँजा सिरिभ गर्न अर्का भारतीय विमानस्थल पुगेका थिए ।

त्यसक्रममा गाँजा रिसिभ गर्न पुगेका एकजनासहित तीनै जना भारतीय पक्राउ परेका हुन् ।  रोपीहरूले थाइल्यान्ड हुँदै हङकङ हुँदै गाँजा ल्याएका हुन् । आरोपीहरूमाथि ब्युरोले लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij