Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा

स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा

पर्सा : प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले विशेष सूचनाका आधारमा पर्साको जगरनाथपुर गाउँपालिका-२ नहर सडकखण्डमा ना१०प ४४६९ नम्बरको मोटरसाइकलमा जाँच गर्दा स्रोत नखुलेको भारतीय रकम भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका-२ घर भई चितवनको माडी नगरपालिका-९ हनुमानझुला बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र सोही स्थानका २६ वर्षीय तिलक हिमडुङलाई खानतलासी गर्दा निजहरूका साथबाट स्रोत नखुलेको प्रतिबन्धित भारतीय रकम फेला परेको जानकारी दिए।

उनका अनुसार रु ५०० दरका नोट ३१६ थान, रु २०० दरका ७५ थान नोट, रु १०० दरका नोट ३६५ थान भारतीय रकम फेला परेकाले प्रतिबन्धित भारतीय नोटसहित दिपेश र तिलकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको उनले बताए। निजहरूका साथबाट ना१०प ४४६९ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij