झापा : कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५१०४ नम्बरको पिकअपले सडक पार गर्दै गरेका कन्काई–४ निवासी अन्दाजी ७० वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका शिवाकोटीलाई उपचारका लागि बिर्तामोडतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij