Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

गृहमन्त्री गुरुङद्वारा मटिहानी–मधवापुर सीमा क्षेत्रको निरीक्षण, सुरक्षा व्यवस्थाबारे जानकारी

गृहमन्त्री गुरुङद्वारा मटिहानी–मधवापुर सीमा क्षेत्रको निरीक्षण, सुरक्षा व्यवस्थाबारे जानकारी

महोत्तरी : गृहमन्त्री सुधन गुरुङले महोत्तरीको मटिहानी नगरपालिका–स्थित नेपाल–भारत सीमा क्षेत्र मटिहानी–मधवापुरको स्थलगत निरीक्षण गर्नुभएको छ।

आइतबार मटिहानी पुग्नुभएका गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा रहेका सीमास्तम्भको अवस्था, सुरक्षा व्यवस्था तथा सीमाबाट हुने आवतजावतको अवस्थाबारे जानकारी लिनुभएको हो।

निरीक्षणका क्रममा उहाँले सीमा सुरक्षामा खटिएका सुरक्षा निकायका अधिकारीहरूसँग सीमामा देखिएका चुनौती, अवैध गतिविधि नियन्त्रण तथा प्रभावकारी सीमा व्यवस्थापनका विषयमा छलफल गर्नुभएको थियो।

गृहमन्त्री गुरुङले मटिहानीस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) पुगेर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिनुका साथै सीमा सुरक्षालाई थप मजबुत बनाउन आवश्यक समन्वय, सतर्कता र सक्रियता बढाउन निर्देशन दिनुभयो।

पछिल्लो समय मधेसका विभिन्न क्षेत्रमा देखिएको सामाजिक तनावको अवस्थालाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङले मटिहानीस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको लक्ष्मीनारायण मठमा पूजाअर्चना गर्नुभएको थियो भने पीरबाबा मजारमा समेत पुग्नुभएको थियो।

मटिहानीमा गृहमन्त्री गुरुङलाई नगरप्रमुख हरिप्रसाद मण्डल, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका अधिकारी तथा स्थानीय प्रतिनिधिहरूले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij