Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

चितवनमा एक वर्षमा रु १२ करोडभन्दा बढी अनलाइन ठगी, ५२१ उजुरी दर्ता

चितवनमा एक वर्षमा रु १२ करोडभन्दा बढी अनलाइन ठगी, ५२१ उजुरी दर्ता

चितवन : जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत रु १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये रु दुई करोड २९ लाख ९८ हजार ६४३ फिर्ता समेत गरिएको छ । पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिङ्क पठाएर ठगी गर्ने गरिएको उहाँले बताउनुभयो । यस्तै उपहार लिनका लागि जनाउँदै ठगी गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेको छ । सामान्य रुपमा रु २०० देखि लाखौँसम्मको ठगीको उजुरी आएको उहाँले जानकारी दिनुभयो ।

अनलाइन ठगीका निवेदन आउने क्रम दैनिकजसो भएकाले यसबाट सजग रहन उहाँले आग्रह गर्नुभयो । अपरिचित व्यक्तिले पठाएको रिक्वयष्ट एसेप्ट गर्ने, अनावश्यक लिङ्क नखोल्नेजस्ता कार्यहरु गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अनलाइनको माध्यमबाट ठगीएको महसुस भए नजिकको प्रहरीकोमा सम्पर्क गर्नुहुन अनुरोध छ ।”

यस्तै गत आवमा साइबर क्राइमसम्बन्धी ३९० निवेदन दर्ता भएका छन् । यसमध्ये ३७५ निवेदनको फछ्र्योट भएका छन् । पन्ध्र निवेदन बाँकी छन् । यहाँ परेका निवेदनलाई नेपाल प्रहरी प्रदेश कार्यालयसँगको समन्वय गरेर काम गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आव २०८१\०८२ मा यो सङ्ख्या ४११ थियो । तीमध्ये ३९८ निवेदन फछ्र्योट गरिएको छ । यसमध्ये १३ बाँकीे थियो । रासस

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij