काठमाडौं : काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका क्रममा रास्वपाका सांसद राजुनाथ (राजु) पाण्डे र नेपाली सेनाका एकजना अधिकृतबीच भएको विवाद अहिले व्यापक चर्चामा छ ।
सोमबार गोकर्णेश्वरस्थित बौद्ध माकलबारीबाट गोकर्णेश्वर मन्दिर जाने सडक विस्तारका क्रममा नेपाल ट्रस्टको स्वामित्वको गोकर्ण फरेस्ट रिसोर्ट क्षेत्रको पर्खाल भत्काउने क्रममा दुई पक्षबीच भनाभन भएको थियो । सेनाले विपद् व्यवस्थापन तालिम केन्द्र तथा सुरक्षा व्यवस्थापनका कारण डोजर सञ्चालन र त्यसले जंगली जनावरमा पर्न सक्ने प्रभावबारे चासो व्यक्त गरेको थियो।
तर, पाण्डेले झन् रिसाउँदै भने- 'करिडोरको बाटो पहिल्यै खोल्नुपर्ने होइन रु मैले सिस्टम पहिले बुझिसक्या छु । करिडोरको मापदण्ड हो, जनताले आफ्नो जग्गा छोडेर करिडोरलाई छोड्ने अनि अर्को निकायले पर्खाल राख्न मिल्छ रु यो डोजर रोकिँदैन, किनभने म आदेश स्पष्ट लिएर आएको छु ।'
प्रत्यक्षदर्शीका अनुसार त्यसबेला काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०का प्रमुख प्रशासनिक अधिकृत सरोज गुरागाईंका तर्फबाट खटिएका टोलीका संयोजक राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महत, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा डोजर प्रयोग गरी पर्खाल भत्काउँदै सडक विस्तारको काम अघि बढाएका थिए।
सेनाका प्रतिनिधिले आवश्यक अनुमति बिना संरचना भत्काउनु उपयुक्त नहुने भन्दै आपत्ति जनाए पनि पाण्डेले काम नरोकिएको बताइएको छ। यस क्रममा पाण्डे र सैनिक अधिकारीबीच केहीबेर भनाभन भएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
सैनिकमाथि भएको उक्त व्यवहारप्रति नेपाली सेनाले असन्तुष्टि व्यक्त गरेको छ। यही घटनापछि आज प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेट गरेका छन्।
स्रोतका अनुसार उक्त भेटमा गोकर्ण घटनाका क्रममा सैनिक अधिकारीसँग भएको भनाभनको विषय पनि उठाइएको बताइएको छ। यद्यपि, यसबारे नेपाली सेना वा प्रधानमन्त्रीको सचिवालयबाट औपचारिक पुष्टि भने भएको छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij