Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

युवतीलाई नशालु पदार्थ खुवाएर जबरजस्तीकरणी गरेको आरोपमा तीन जना पक्राउ

युवतीलाई नशालु पदार्थ खुवाएर जबरजस्तीकरणी गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर  : मोरङको लेटाङस्थित एक रिसोर्टमा युवतीलाई नशालु पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका वडा नं ५ बस्ने २५ वर्षीया सोनुमा लिम्बू, केराबारी गाउँपालिका वडा नं ८ बस्ने ५० वर्षीय कमल बहादुर आले मगर र सुन्दरहरैँचा नगरपालिका वडा नं १० बस्ने ३८ वर्षीय डम्बर खतिवडा रहेका छन् ।घटना विवरण अनुसार गत साउन १७ गते उनीहरूले पीडित महिलालाई लेटाङ नगरपालिका वडा नं १ स्थित ‘हाम्रो रिसोर्ट’मा पुर्‍याएका थिए । त्यहाँ पीडितलाई नशालु पदार्थ सेवन गराई ज्यान मार्ने धम्कीसमेत दिएर डम्बरबहादुर खतिवडाले जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनाविरुद्ध मोरङ जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij