Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

प्रहरीका ७७६ युनिटसँग आफ्नो कार्यालय भवन छैन

प्रहरीका ७७६ युनिटसँग आफ्नो कार्यालय भवन छैन

काठमाडौँ : नेपाल प्रहरीको मुलुकभर २ हजार ६६० प्रहरी युनिट सञ्चालनमा छन् । तीमध्ये ७७६ युनिटसँग आफ्नै भवन नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालय भवन नभएका प्रहरी युटिनहरु भाडामा र अन्य निकायसँग आश्रित रहेर सेवा दिइरहेका छन् ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले १ हजार ८८४ कार्यालय आफ्नै भवनमा सञ्चालनमा रहेको बताए । देशभर ३६३ प्रहरी युनिटहरू भाडाको भवनमा सञ्चालित छन् ।

४१८ युनिट अन्य निकायको भवनमा आश्रय लिएर सञ्चालन भइरहेको डीआईजी काफ्लेले बताए । प्रहरीमा ७९ हजार ५३१ दरबन्दी छ । स्वीकृत दरबन्दीमध्ये ४ हजार ८३७ दरबन्दी रिक्त रहेको डीआईजी काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij