Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

आइतबार ३२औँ विश्व आदिवासी दिवस भव्यताका साथ मनाउँदै नेफिन चितवन

आइतबार ३२औँ विश्व आदिवासी दिवस भव्यताका साथ मनाउँदै नेफिन चितवन

चितवन  : नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनले ३२औँ विश्व आदिवासी दिवस भव्यताका साथ मनाउने भएको छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा  आइतबार  एक कार्यक्रमकाबिच दिवस मनाउने  भएको हो । 

नेफिनअन्तर्गत रहेका १६ वटा घटक संस्थाहरुलाई समेत उपस्थित गराएर कार्यक्रम गर्न लागेको नेफिन चितवनका अध्यक्ष सागर कुमालले जानकारी दिए । हरेक वर्ष अगस्त ९ तारिखका दिनलाई विश्वका आदिवासी जनजातिहरुले दिवसको रुपमा मनाउँदै आइरहेका छन् । उनीहरुले आफ्नो हकअधिकार प्राप्त गर्न राज्यलाई दबाब दिने दिनका रुपमा पनि यो दिवस मनाउने गर्थे ।

क्यान्सर अस्पतालको सभाहलमा सांस्कृतिक कार्यक्रमसहित चितवनका आदिवासी जनजाति समुदायमाथि परेको समस्या र त्यसको समाधान खोज्ने उपायबारे बहस हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट प्रभावित आदिवासी जनजाति समुदायको विषयमा समेत छलफल हुने नेफिन चितवनका सचिव मिलन थापामगरले बताए ।

‘यो कार्यक्रम भनेको सबैले आफ्ना कुरा साझा गर्ने थलो पनि हो’, उनले भने, ‘जिल्लाभरका आदिवासी जनजाति समुदायको समस्या सुनेर समाधानका लागि सम्बन्धित निकायमा दबाब दिन महासंघले पहल गर्नेछ ।’ कार्यक्रममा सहभागी हुने सबै घटकहरुलाई खबर सम्प्रेषण गरिसकेको उनले बताए ।

नेफिनको सङ्घीय समितिले भने काठमाडौँको खुला मञ्चमा विशाल कार्यक्रम आयोजना गरेर दिवस मनाउने तयारी गरिरहेको छ । केन्द्रको परिपत्रअनुसार जिल्ला शाखाहरुमा पनि कार्यक्रम आयोजना गरिएको नेफिन चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट