Logo

Aug 11 2026 | २०८३, श्रावण २६गते

चितवनमा लागूऔषधसहित पाँच जना पक्राउ

चितवनमा लागूऔषधसहित पाँच जना पक्राउ

चितवन "   चितवनमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी र भरतपुरका छुट्टाछुट्टै घटनामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा खैरहनी नगरपालिका–९ सुतर्नीबाट साउन १५ गते ३० वर्षीय सुरज चौधरी पक्राउ परेका छन् । उनको साथबाट ट्रामाडोल २५० पिस बरामद भएको प्रहरीले जनाएको छ । यस्तै, सोही ठाउँका २८ वर्षीय विशाल चौधरी र २६ वर्षीय सुभाष चौधरीलाई प्रहरीले साउन २२ गते पक्राउ गरेको हो । उनीहरूको साथबाट ट्रामाडोल ३४५ पिस र २५० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको छ ।

भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कबाट पनि साउन २२ गते उदयपुरको मगरखोला घर बताउने ३२ वर्षीय दिनेश परियार पक्राउ परेका थिए । उनको साथबाट डाइजोपाम ३२ पिस, नुफिन ३२ पिस र फेनारगन ३२ पिस गरी ९६ पिस लागूऔषध, ना।६५ प १३३७ नम्बरको स्कुटर र ६५ हजार ७ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

सोही दिन भरतपुर महानगरपालिका–१५ बाट खैरहनी नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–२५ शुक्रनगर बस्ने २२ वर्षीय दिनेश लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट ट्रामाडोल ६० पिस बरामद भएको प्रहरीले जानकारी दिएको छ ।  पक्राउ परेकाहरूविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

769295003_1704075140876655_5007519511979691576_n.jfif
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट