Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

घरभित्र लुकाइ राखेको पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

घरभित्र लुकाइ राखेको पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

सर्लाही : मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट प्रहरीले एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको छ। घरमा पेस्तोल लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा बेतिनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा पेस्तोल फेला परेको हो।

प्रहरीका अनुसार ‘न. ०१७११०’ लेखिएको एक थान पेस्तोल र त्यसको एक थान म्यागजिन बरामद गरिएको छ। पेस्तोल बरामद भएपछि १९ वर्षीय सिङतानलाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij