Logo

Aug 11 2026 | २०८३, श्रावण २६गते

रत्ननगरका ६८ वर्षीय होमबहादुर कयर खोलामा मृत फेला

रत्ननगरका ६८ वर्षीय होमबहादुर कयर खोलामा मृत फेला

चितवन : चितवनको खैरहनी नगरपालिका–१ स्थित कयर खोला किनारमा ६८ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान करिब ११ः४५ बजे कयर खोलाको पानीमा शव तैरिरहेको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय खैरहनीमा खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो।

प्रहरीले स्थानीयसँग सोधपुछ तथा प्रारम्भिक अनुसन्धान गरेपछि मृतकको पहिचान खुलेको जनाएको छ। मृतक रत्ननगर नगरपालिका–१४, लालिगुँरास टोल निवासी ६८ वर्षीय होमबहादुर परियार रहेको प्रहरीले जनाएको छ। परियार खोलाको पानीमा कसरी पुगे र उनको मृत्यु के कारणले भयो भन्ने विषयमा भने हालसम्म खुल्न सकेको छैन।

प्रहरीले शवको कानुनी प्रक्रिया तथा मुचुल्का पूरा गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट