Logo

Aug 11 2026 | २०८३, श्रावण २६गते

कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।आइतवारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पार्टी केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो माग गरिएको बताए।

उनले सुनसरीसहित मधेसका केही जिल्लामा भएको घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्ने पार्टीको माग यथावत रहेको बताए।

उनकाअनुसार नेपाली कांग्रेसले गृह मन्त्रालयअन्तर्गत गठन गरिएको छानबिन समिति तथा आयोगले सरकारका कमजोरी ढाकछोप गर्ने आशंका समेत व्यक्त गरे। 

उनले विगत १२ दिनदेखि अनसनरत विनय यादवको माग सम्बोधन गर्न समेत सरकारको ध्यानाकर्षण गराए। उनले सरकार सहमति र सम्झौता गर्न तत्पर हुने तर सम्झौता कार्यान्वयन नगर्ने कुराले नागरिकमा नैराश्यता बढाएको पनि टिप्पणी गरे।

सरकारप्रतिको अविश्वासले राज्य नागरिकहरूको अभिभावक हो भन्ने मान्यतालाई कुठाराघात गर्ने भन्दै यो विषयलाई संवेदनशील भएर बुझ्न समेत सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij