कास्की : प्रहरीले कास्कीको पोखरा महानगरपालिका–९ स्थित नागढुंगाबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–४ घर भएका २२ वर्षीय मोहमद इशाक सरिफ र पोखरा स्थित युनिटिटोल बस्ने २६ वर्षीय आविष्कार सारु छन् । पोखरास्थित सरिफको डेराबाट प्रहरीले गाँजा ५ केजी, ट्रामाडोल हाइड्रोक्लोराइड ७९० ट्याव्लेट र टपेन्डाडोल ३६६ ट्याव्लेट बरामद गरेको छ ।
बुधबार पक्राउ परेका सरिफले सो लागुऔषध अर्का आरोपी सारुबाट खरिद गरेको प्रहरीलाई बताएका थिए । उनको बयानको आधारमा सारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बिरेन्द्र कुमार पासवानले रातोपाटीलाई बताए ।
आविष्कार सारुको घरकोठाबाट प्रहरीले टपेन्डाडोल ९ हजार ट्याब्लेट बरामद गरेको छ । आरोपीहरू विरुद्ध अदालतबाट लागुऔषध सम्बन्धी कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी पासवानले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij