Logo

Aug 19 2026 | २०८३, भाद्र ३गते

हिरासतमुक्त भएपछि किशोर श्रेष्ठ लेख्छन् - सत्य मरेको छैन, कलम हारेको छैन

हिरासतमुक्त भएपछि किशोर श्रेष्ठ लेख्छन् - सत्य मरेको छैन, कलम हारेको छैन

काठमाडौं : सर्वोच्च अदालतको परमादेशपछि हिरासतमुक्त भएका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठले आफू रिहा भएपछि पहिलोपटक सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । सोमबार राति हिरासतबाट रिहा भएका श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमा भावनात्मक सन्देश सार्वजनिक गर्दै ‘सत्य मरेको छैन, कलम हारेको छैन’ बताएका हुन् ।

उनले आफूले भोगेको हिरासतको अवस्थालाई संकेत गर्दै पन्छीका लागि पिँजडाभन्दा खुला आकाश नै प्रिय हुने उल्लेख गरेका छन् । साथै, अहिले देखिएको भ्रम धेरै समय कायम नरहने भन्दै ढिलो भए पनि सत्य बाहिर आउने विश्वास व्यक्त गरेका छन्।

श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, “पन्छीको ठाउँ पिँजडा हैन, खुल्ला आकाश नै प्रिय लाग्छ उसलाई। ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ च्यातिन्छ।” उनले आफ्नो अभिव्यक्तिमा सत्य र पत्रकारिताप्रतिको प्रतिबद्धता पनि दोहोर्‍याएका छन्। “सत्य मरेको छैन, कलम हारेको छैन, सबैलाई बधाई, सबैलाई शुभकामना१” उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij