Logo

Aug 20 2026 | २०८३, भाद्र ४गते

जंगलमा हराएका गैँडाकोटका साढे दुई वर्षीय बालक तीन दिनपछि सकुशल फेला

जंगलमा हराएका गैँडाकोटका साढे दुई वर्षीय बालक तीन दिनपछि सकुशल फेला

कावासोती : नवलपुरको गैँडाकोट नगरपालिका–१४ भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा सकुशल फेला परेका छन् ।

भागर निवासी हेमकुमारी आले च्याउ टिपेर घर फर्किएपछि उनका नाती साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको पाइएको थियो । बालक घरमा नभेटिएपछि परिवारले स्थानीयवासी तथा सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

बालक हराएलगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी कार्य तीव्र बनाएका थिए । खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस प्रगतिनगरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर पौड्यालको कमाण्डमा १० जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

त्यस्तै, इलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी निरीक्षक भरत थापा क्षेत्रीको नेतृत्वमा ७ जनाको प्रहरी टोली पनि खोजीमा खटिएको थियो । स्थानीयवासीसमेत ठूलो संख्यामा खोजी कार्यमा सहभागी भएका थिए ।

लगातार तीन दिनसम्म गरिएको खोजीपछि भदौ ४ गते बिहान ९ः४० बजे बालक घरदेखि करिब १ दशमलव ५ किलोमिटर उत्तरतर्फ रहेको जंगलमा फेला परेका हुन् ।

सशस्त्र प्रहरीले बालकको अवस्था सामान्य रहेको जनाएको छ । सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासपछि बालकलाई सकुशल उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट