गोरखा : गण्डकी गाउँपालिकाको केन्द्र वडा नं ६ स्थित बनटारमा कायम रहने भएको छ । बनटारमै कायम गर्ने गाउँ कार्यपालिकाको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले आज खारेज गरिदिएको हो ।
गाउँ कार्यपालिकाले गाउँपालिकाको केन्द्र वडा नं. ६, बनटारमा सार्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो। उक्त रिटमाथि बिहिवार सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिट खारेज गर्ने फैसला गरेको हो।
रिट खारेज भएसँगै गण्डकी गाउँपालिकाको केन्द्र वडा नं. ६, बनटारमा कायम गर्ने कार्यपालिकाको निर्णयले कानुनी मान्यता पाएको छ ।
यसअघि केन्द्र सार्ने निर्णयलाई चुनौती दिँदै दायर भएको रिट नं. ०७९–WO–०२७७ मा डिल माया राना (थापा मगर) समेत निवेदक तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत विपक्षी रहेका थिए। सर्वोच्च अदालतको विवरणमा उक्त मुद्दाको फैसला ‘रिट खारेज’ भएको उल्लेख छ।
सर्वोच्चको आजको फैसलासँगै गण्डकी गाउँपालिकाको केन्द्रसम्बन्धी लामो समयदेखि चल्दै आएको कानुनी विवाद टुंगिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij