गोरखा : सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने तथा लाइसेन्सबिनाको भरुवा बन्दुक राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही स्थानका ३३ वर्षीय विष्णु सुनार रहेका छन्।
प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो फेसबुक आईडी ‘Prem Sunar’ मार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए। उक्त फोटो सामाजिक सञ्जालमा पोस्ट भएको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रेम सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उनको साथबाट लाइसेन्स नभएको एक थान भरुवा बन्दुक बरामद भएको थियो। सो बन्दुकका विषयमा थप अनुसन्धान गर्दा उक्त भरुवा बन्दुक पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने ३३ वर्षीय विष्णु सुनारको भएको खुलेपछि प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij