Logo

Aug 21 2026 | २०८३, भाद्र ५गते

के बारम्बार चार्ज गर्दा मोबाइलको ब्याट्री बिग्रिन्छ ?

के बारम्बार चार्ज गर्दा मोबाइलको ब्याट्री बिग्रिन्छ ?

काठमाडौँ : यो प्रश्नको जवाफ सिधै दिन सकिँदैन । यसको उत्तर विभिन्न कुराहरूमा निर्भर गर्दछ । खुसीको खबर के हो भने आवश्यक परेको बेलामा तपाईँले आफ्नो फोनलाई दिनमा कयौँ पटक चार्ज गर्नु सुरक्षित छ । बारम्बार फोन चार्ज गर्दा यसको ब्याट्री तुरुन्तै बिग्रँदैन । अहिले स्मार्टफोनहरूले लिथियम–आयन ब्याट्रीहरू प्रयोग गर्छन्, जसको आयु चार्ज चक्रको सङ्ख्यामा निर्भर गर्दछ ।

के बारम्बार चार्ज गर्दा ब्याट्री बिग्रिन्छ ?

ब्याट्रीको चार्ज चक्रको कुनै निश्चित सङ्ख्या छैन । ब्याट्री यसको कुल क्षमताको १०० प्रतिशत पुगेपछि चार्ज चक्र पूरा भएको मानिन्छ । तर तपाईँले फोनलाई दिनमा ३, ४ पटक अलि अलि गरेर अर्थात् १५–२० प्रतिशत गरेर चार्ज गर्नु हुन्छ भने पनि यसले ब्याट्रीलाई हानि गर्दैन ।

२०–८० प्रतिशतको नियम

ब्याट्री स्वास्थ्य कायम राख्न आफ्नो फोन ब्याट्री सकिएर जिरोमै भएपछि मात्रै चार्जमा हाल्ने अनि हरेक पटक चार्ज गर्दा १०० प्रतिशत हुने गरी चार्ज गर्नबाट बच्नु उत्तम हुन्छ । टेक कम्पनी अनरले भने चाजिङका लागि २०–८० प्रतिशतको सुनौलो नियम अपनाउन भन्छ । यसको अर्थ ब्याट्री २० प्रतिशतमा पुगेपछि चार्ज गर्नुपर्छ र ८०–८५ प्रतिशतमा पुगेपछि बन्द गर्नु पर्छ भन्ने हो ।

फोन चार्ज गर्दा नगर्नुस् यी गल्ती

फोनलाई कति पटक चार्ज गरिएको छ भन्ने भन्दा जरुरी चार्जिङमा रहँदा फोनको तापक्रम कति रहन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । अत्यधिक गर्मीले ब्याट्रीलाई स्थायी रूपमा क्षति पुर्‍याउन सक्छ । त्यसैले, घाममा वा तातो ठाउँमा फोन चार्जमा हाल्नु हुँदैन । घाम नपर्ने ठाउँमा केही सामानले नछोपिने गरी फोनलाई चार्जमा राख्नु पर्छ ।

थोरै थोरै चार्ज गर्ने

आवश्यक परेमा फोनलाई दिनमा धेरै पटक अलि अलि ब्याट्री बढ्ने गरी चार्ज गर्न सकिन्छ । फोन चलाउँदा चलाउँदा ब्याट्रीलाई जिरो बनाउने अनि १०० प्रतिशत नहुँदासम्म झिक्ने गर्नु भन्दा थोरै थोरै चार्ज गर्नु बढी सुरक्षित मानिन्छ ।

सही चार्जर र केबलको प्रयोग

फोनको ब्याट्री र अन्य हार्डवेयरलाई सुरक्षित राख्न राम्रो क्वालिटीको अनि फोनसँग मिल्दो कम्प्याटिबल हुने चार्जर र केबल प्रयोग गर्नुहोस् ।

यी कुरालाई राख्नुस् ध्यानमा:

तपाईँले आफ्नो फोन प्रति दिन कति पटक चार्ज गर्नुहुन्छ भन्ने कुरा ब्याट्रीको लागि ठूलो चिन्ताको विषय होइन । यसलाई आफ्नो आवश्यकता अनुसार जति पटक पनि चार्ज गर्न सकिन्छ । यो सामान्य हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट