पोखरा : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बास बस्ने कास्कीको अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
रिसोर्ट जान बाटोमै सुरक्षा चेकजाँच गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको टोली सुरक्षामा खटिएको छ । रिसोर्टभन्दा ३ सय मिटर अगाडि नै सुरक्षा चेकका लागि प्रहरी तैनाथ गरिएको छ । यस्तै, नेपाली सेनाको टोलीले पालैपालो रेकी गरेर फर्किएको छ । रिसोर्ट सञ्चालक र कर्मचारीलाई समेत परिचयपत्र हेरेर मात्रै प्रवेश दिइएको छ । रिसोर्टको अरु सबै बुकिङ रद्द गरिएको छ । पोखराका एक पर्यटन व्यवसायीले रिसोर्ट बुकिङ गरेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij