Logo

Aug 21 2026 | २०८३, भाद्र ५गते

डीएसपी टेकबहादुर रावत सुदूरपश्चिमकै उत्कृष्ट प्रहरी घोषित

डीएसपी टेकबहादुर रावत सुदूरपश्चिमकै उत्कृष्ट प्रहरी घोषित

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावत सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले साउन महिनाका लागि रावतलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै प्रशंसापत्र प्रदान गरेको हो।

प्रदेश प्रहरी कार्यालयका अनुसार रावतले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी इकाइमा योजनाबद्ध रूपमा प्रहरी परिचालन गरी अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा समग्र शान्ति सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गरेका थिए।

आम नागरिकमा सुरक्षाको अनुभूति दिलाउन तथा प्रहरी संगठनको गरिमा र श्रीवृद्धिमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै उनलाई साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराईद्वारा हस्ताक्षरित प्रशंसापत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij