Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सप्तरीमा हराइरहेकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन

सप्तरीमा हराइरहेकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन

राजविराज : शम्भुनाथ नगरपालिका-३ ट्राफिक चौकमा बस्ने मोहम्मद इरफानकी २ वर्षीया छोरी खुशी खातुन मृत फेला परेकी छन्। परिवारका अनुसार खुशी आज बिहानदेखि हराएकी थिइन् । बालिका हराएको जानकारी पाएलगत्तै परिवारजन प्रहरीमा पुगेका थिए। प्रहरी र परिवारजनले खोजतलास गर्ने क्रममा उनी आफ्नै घरको पछाडिपट्टि रहेको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij