Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

उदयपुरमा १९९ केजी गाँजासहित टिपर चालक पक्राउ

उदयपुरमा १९९ केजी गाँजासहित टिपर चालक पक्राउ

उदयपुर : कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा ९ वटा बोरामा लुकाइछिपाइ ल्याइएको गाँजा बरामद गरेको हो।

गाँजासहित टिपर चालक सोम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij