Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

नाबालक आरोपीको भिडिओ सार्वजनिक बारे के भन्छ प्रहरी ?

नाबालक आरोपीको भिडिओ सार्वजनिक बारे के भन्छ प्रहरी ?

काठमाडौँ : बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्याका एक आरोपीले बयान दिएको भिडिओ कसरी सार्वजनिक भयो भनेर प्रहरीले नै अनुसन्धान सुरु गरेको छ । सामाजिक सञ्जालमा आरोपीको बयान ‘भाइरल’ भएपछि सर्वत्र प्रहरीको आलोचना भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीनबहादुर घलेले उक्त भिडिओ कसरी सार्वजनिक भयो भनेर अनुसन्धान भइरहेको जानकारी दिए । ‘भिडिओ कसरी सार्वजनिक भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौं’ डीएसपी घलेले भने ।

प्रहरीका अनुसार सार्वजनिक भएको भिडिओ अस्पतालको हो । स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा उक्त भिडियो खिचिएको प्रहरीको भनाइ छ । उक्त भिडियोबारे मधेस प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयले पनि चासो राखेका छन् । जितपुरसिमरा उपमहानरपालिका–१ दसधुरीकी ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij