Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

मधेश सरकारद्वारा नेपाल प्रहरीलाई १२ वटा गाडी हस्तान्तरण

मधेश सरकारद्वारा नेपाल प्रहरीलाई १२ वटा गाडी हस्तान्तरण

काठमाडौं : मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो । सोमबार गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रहरीलाई ती गाडी हस्तान्तरण गरेका छन् ।

मधेश प्रदेशको शान्तिसुरक्षा चुस्त–दुरुस्त बनाउने उद्देश्यका साथ आठ जिल्ला प्रहरी कार्यालय र चार इलाका प्रहरी कार्यालयलाई ती गाडी उपलब्ध गराइएको मन्त्री महतोले जानकारी दिए । ईलाका प्रहरी कार्यालयहरूमा चन्द्रपुर ईलाका प्रहरी कार्यालय, गरुडा ईलाका प्रहरी कार्यालय, गोडैता ईलाका प्रहरी कार्यालय र गडहिया ईलाका प्रहरी कार्यालयलाई ती सवारी साधन उपलब्ध गराइएको बताइएको छ ।

हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव विन्देश्वरीप्रसाद लेखक, मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी ओमप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।

785774971_2522698854898262_33032451962433747_n.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij