काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरी जवानलाई आक्रमण गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौँ–१० स्थित पुरानो संसद भवन नजिकै जुम्लाको तातोपानी घर भएका २७ वर्षीय युवकले एकजना महिला प्रहरी कर्मचारीलाई आक्रमण गरेका हुन् ।
आक्रमणमा संलग्न राज कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । आकाशेपुलबाट बाटो काट्न आग्रह गर्दा कठायतले महिला प्रहरीसँग विवाद गर्दै आक्रमण गरेका हुन् ।
ड्युटीमा खटिएकी महिला प्रहरीले आकाशे पुल नजिकै भएको भन्दै ‘जहाँ पायो त्यहिँबाट बाटो काट्दा दुर्घटना हुन्छ, आकाशे पुलबाट जानुस्’ भनेपछि युवकले एक्कासि आक्रमण गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । उनले भने, ‘पिक आवरको ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको छ ।’
घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij