काठमाडौँ : मुद्दा हारेपछि एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट मंगलबार हामफाल्ने प्रयास गरेका छन् । यद्यपि, ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गर्न सफल भएको छ ।
ती व्यक्तिको परिचय लालबहादुर राई भनेर खुलेको छ। उनले सोमबार ठगीसम्बन्धी मुद्दा हारेका थिए । ‘सर्वोच्चले आफूलाई हराएको’ भन्दै सुसाइड नोट समेत लेखेर राई सर्वोच्चको पाँचौ तल्लामा पुगेका थिए । उनलाई उद्धार गरेर अहिले मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij