Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सीमा सुरक्षामा कडाइ गर्न सशस्त्र प्रहरीलाई महानिरीक्षक पौडेलको निर्देशन

सीमा सुरक्षामा कडाइ गर्न सशस्त्र प्रहरीलाई महानिरीक्षक पौडेलको निर्देशन

सुदूरपश्चिम : सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले नेपाल सरकारको ‘स्प्रिट’ अनुसार काम कारबाही गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण धनगढीमा आज आयोजित कार्यक्रममा उनले प्रदेशका प्रदेश कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदी, नौवटै जिल्लाका सशस्त्र प्रहरी कार्यालय प्रमुख, कैलाली र कञ्चनपुरका सीमा सुरक्षा गुल्म, बिओपी र बेसका प्रमुखलगायतलाई सरकारको नीति तथा निर्देशनअनुसार काम गर्न निर्देशन दिए।

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

उनले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार मानी सीमा क्षेत्रबाट हुने सीमा अपराध, अवैध चोरी–पैठारी तथा निकासी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए।

साथै नेपाल सरकारको भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अक्षरशः पालना गर्न आग्रह गरे।

पछिल्लो समय युवा वर्ग लागुऔषधको कुलतमा फस्दै गएको र त्यसले समाजमा अन्य अपराधसमेत बढाउन सक्ने भन्दै महानिरीक्षक पौडेलले लागूऔषधको ओसारपसा नियन्त्रणका लागि सशक्त रूपमा परिचालन हुन निर्देशन दिए।

उनले सशस्त्र प्रहरी बल सीमा सुरक्षामा अग्रपङ्क्तिमा खटिएको उल्लेख गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन क्रमशः सीमालाई डिजिटल प्रणालीमा लैजाने तयारी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij