Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

खैरो हेरोइनसहित ५ जना पक्राउ

खैरो हेरोइनसहित ५ जना पक्राउ

काठमाडौँ :  प्रहरीले काठमाडौँको तीनकुनेबाट खैरो हेरोइन सहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले सोमबार काठमाडौँ महानगरपालिका–३१ स्थित तीनकुनेबाट ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिरगञ्ज घर भएका २६ वर्षीय प्रदिप कुमार कुशवाह, सर्लाही गोडैता नगरपालिका घर भएका ३० वर्षीय चन्दन कुमार चौधरी, काभ्रेको भुम्लु गाउँपालिका घर भएका १६ वर्षीय विजय भुजेल, रौतहट चपुर घर भएका २१ वर्षीय बिकेश मगर र महोत्तरीको जलेश्वर घर भएका २९ वर्षीय अजित मिश्र छन् ।

आरोपीहरूको साथबाट ३३ ग्राम ६ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर अर्जुन अधिकारी नेतृत्वको टोलीले सुचनाको आधारमा तिनकुने स्थित प्रदिप कुमार कुशवाहको डेरामा सर्च गर्दा सो लागुऔषध फेला पारेको हो । अरु ४ जना कारोबारी कुशवाहको डेरामा लागुऔषध खरिद गर्न गएको अवस्थामा पक्राउ परेका हुन् । प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन जोख्ने डिजीटल तराजु र २१ हजार नगद पनि बरामद गरेको छ । उनीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij