Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

नेपालमा ठगी धन्दा चलाउने चिनियाँ नागरिक पक्राउ

नेपालमा ठगी धन्दा चलाउने चिनियाँ नागरिक पक्राउ

काठमाडौँ  पर्यटक भिसामा नेपाल प्रवेश गरी कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा एक चिनियाँ नागरिकलाई प्रहरीले काठमाडौँको असनबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा चीनको स्यान्डङ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२५ असन बस्दै आएका ४६ वर्षीय वाङ जियुए रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई असनबाट नियन्त्रणमा लिएको हो। 


जियुएले पर्यटक भिसामा प्रवेश गरेर नेपालको कानुनविपरीत कृष्ण खड्गीको घरकोठा भाडामा लिई व्यापार गर्ने मनसायले कार्यालयसमेत स्थापना गरेका थिए। उनले विभिन्न व्यक्तिहरूलाई ललाइफकाइ रकम असुल गरी ठगी गरिरहेको सूचनाका आधारमा प्रहरीले खोजतलास अघि बढाएको थियो। 

पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको कार्यालयका प्रहरी उपरीक्षक शरद कुमार थापा क्षेत्रीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट