Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

रसुवाको टिमुरेमा पुग्यो राहत सामग्री, बिहीबार १७ जनाको उद्धार

रसुवाको टिमुरेमा पुग्यो राहत सामग्री, बिहीबार १७ जनाको उद्धार

काठमाडौँ  : रसुवामा आएको बाढीका कारण प्रभावित बस्तीहरूमा सेनाले राहत सामग्री लैजान थालेको छ । सबैभन्दा बढी प्रभावित ठाउँ टिमुरेमा बिहीबार बिहानसम्ममा ४ सटल सामग्री पुर्‍याइएको सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ११ ट्रक सामान नुवाकोटको त्रिशूलीमा पठाइएको छ । त्रिशूलीबाट हेलिकप्टरमार्फत रसुवामा सामान पठाइने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बिहीबार बिहानैदेखि सेनाका ५ वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएको हो । आज बिहान रसुवाको मैलुङ टनेलबाट ३ जना र टिमुरेबाट १४ जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ । त्यस्तै जमिनी मार्गबाट सेनाले ६३ जनाको उद्धार गरेको छ ।

सेनाले अहिलेसम्म ११४ जनाको उद्धार गरेको छ । नुवाकोटदेखि चितवनसम्म सेनाले खोज तथा उद्धारमा २ हजार भन्दा बढी फौज परिचालन गरेको छ । गएराति सेनाको ११ वटा टिमले जमिनी उद्धार जारी राखेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij