Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

लागुऔषध गाँजासहित एक जना पक्राउ

लागुऔषध गाँजासहित एक जना पक्राउ

काठमाडौँ :  काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्गेलबाट प्रहरीले अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वत घर भई हाल काठमाडौँको गौशालामा बस्दै आएका २५ वर्षीय विजय विक रहेका छन्। उनको साथबाट चार सय ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले बा ९७ प ४८०९ नम्बरको मोटरसाइकलमा सवार विकलाई जाँचका क्रममा गाँजासहित पक्राउ गरेको हो।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij