चितवन : रसुवाको भोटेकोशीमा आएको बाढीपछि नारायणी नदीको किनारमा भेटिएका २५९ शवमध्ये हालसम्म ९ जनाको सनाखत भएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार सुरक्षाकर्मीले नारायणी नदीको किनारबाट २५९ शव संकलन गरेका छन्। तीमध्ये दुई प्रहरी सहायक निरीक्षक (असई) सहित ९ जनाको पहिचान खुलेको हो।
सनाखत हुनेमा नुवाकोटका प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल र रामेछापका प्रहरी सहायक निरीक्षक रामहरि खड्का रहेका छन् ।
त्यस्तै, बाँकेको कोहलपुर नगरपालिका–११ का कविलाल चौधरी, रसुवाको उत्तरगया–१ बेत्रावतीका भुवन थापा मगर, मकवानपुरको हेटौँडा–१५ का रमेश मगर, नुवाकोट ककनीका अर्जुन बलामी, कोहलपुर–११ का रमेश थारु, नुवाकोट किस्पाङकी तेरिना गुरुङ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का पेमा सिंह शेर्पाको पनि शव सनाखत भएको प्रहरीले जनाएको छ।
एसएसपी धमलाका अनुसार मृतकका परिवार तथा आफन्तले शव पहिचान गरेपछि सनाखत गरिएको हो। बाँकी शवको पहिचान तथा आवश्यक प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij