काठमाडौं : रसुवा बाढीका कारण स्थगित भएको त्रिभुवन विश्वविद्यालयको परीक्षा यही असोज ६ गतेदेखि सञ्चालन हुने भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आज(बिहिबार) सूचना जारी गर्दै परीक्षासम्बन्धी जानकारी दिएको हो।
प्राकृतिक विपत्ति (भोटेकोशी बाढी) का कारण भदाैँ १५ गतेदेखि संचालन हुने बिए,बिएड,बिबिए,बिएससिका पूर्व प्रकाशित परीक्षा केन्द्रहरू मध्ये नुवाकोट आदर्श बहुमुखी क्याम्पस, नुवाकोट, श्री नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङ र कालिका हिमालय क्याम्पस, कालिकास्थान, रसुवा केन्द्रमा संचालन हुने परीक्षाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको थियो।
त्रिविले उक्त स्थगित परीक्षाहरू यही असाेज ६ गतेदेखि पूर्व निर्धारित परीक्षा केन्द्रहरूमा संचालन हुने जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij