Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

वीरगन्जमा भारतीय नम्बर प्लेटको कारबाट हतियार र गोली बरामद

वीरगन्जमा भारतीय नम्बर प्लेटको कारबाट हतियार र गोली बरामद

पर्सा :  वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेट भएको कारबाट अवैध हातहतियार तथा गोली बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको टोलीले बुधबार राति वीरगन्ज महानगरपालिका–१५ स्थित वास्तुबिहार चोक नजिक पार्किङ अवस्थामा रहेको यूपी १६ एजे ३३०१ नम्बरको कारमा शंका लागेपछि जाँच गरेको थियो। सो क्रममा कारभित्र लुकाइराखिएको अवस्थामा कटुवा र सिक्सर प्रकारका पेस्तोलसहित गोली फेला परेको हो।

प्राप्त विशेष सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा बोराभित्र राखिएको अवस्थामा २/२ थान कटुवा र सिक्सर पेस्तोल तथा ७.६२ एमएमका ६ राउन्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामग्रीसहित उक्त कारलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरीका सूचना अधिकारी डीएसपी प्रकाश भट्टले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

img-20260917-wa0002-1792026070849-1000x0.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट