काठमाडौं : रसुवाको भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भएका थप ११ जनाको शव फेला परेको छ। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलको जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा शव फेला पारेको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार फेला परेका सबै ११ शव निकालिसकिएको छ। बाढीपछि अझै सम्पर्कविहीन रहेकाहरूको खोजी तथा उद्धार कार्य भने जारी छ। गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, सुरक्षा निकाय तथा सम्बन्धित निकायको टोली परिचालन हुँदै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij