Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

कालिकामा साढे ७ हजार लिटर कच्चा पदार्थसहित घरेलु मदिरा नष्ट

कालिकामा साढे ७ हजार लिटर कच्चा पदार्थसहित घरेलु मदिरा नष्ट

 

चितवन :  चितवनको कालिका नगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ तथा तयारी मदिरा बरामद गरी नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०८३ कात्तिक १७ गते प्रहरी चौकी जुटपानी र प्रहरी चौकी खोलेसिमलबाट खटिएको प्रहरी टोलीले कालिका नगरपालिका–३ र ६ का विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त सामग्री बरामद गरेको हो।

प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग गरिने करिब ७ हजार ५०० लिटर कच्चा पदार्थ र करिब ५०० लिटर तयारी मदिरा नष्ट गरेको जनाएको छ।

त्यसैगरी मदिरा बनाउन प्रयोग गरिने १६ वटा ड्रम र ४५० किलो चिनीसमेत बरामद गरिएको छ।

बरामद सामग्रीका सम्बन्धमा प्रहरीले थप कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 
 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij