Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सिरहामा लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

सिरहामा लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

जनकपुरधाम : सिरहा प्रहरीले लागुऔषध ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति  सिरहा नगरपालिका वडा नम्बर २१ पिपरा टोल स्थित प्रहरी चौकी लकडिगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लकडिगोठबाट माडर तर्फ जाँदै गरेको स ८ प ६२९६ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उनीहरु लागुऔषध सहित पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा मोटरसाईकल चालक जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नम्बर १४ बस्ने वर्ष १९ को सतिस दास र सोह ठाँउ निवासी वर्ष ३५ काआईसोत मण्डल रहेका छन् । प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार चेकजाँचको क्रममा दासले लगाएको ज्याकेटको गोजीबाट प्लाष्टिकको पोकामा रहेको अवस्थामा १५१.१० ग्राम लागुऔषध ब्राउन फेला परेको बताए ।उनका अनुसार अभियुक्तहरुको साथबाट बरामद भएको स्क्रिन टच मोबाइल २ थान र मोटरसाकल सहित दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा हिरासत कक्षमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij