Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

खैरो हेरोइनसहित एक जना पक्राउ

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ : काठमाडौँको तार्केश्वर नगरपालिका–४ बाट प्रहरीले लागुऔषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर–५ घर भएका २७ वर्षीय सन्च बहादुर गोले छन्। 

सोमबार पक्राउ परेका गोलेको साथबाट ९६ ग्राम खैरो हेरोइन डिजिटल तराजु बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूराेका डीएसपी जीवन निरौलाले बताए।


आरोपी विरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट