Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

प्राविधिक समस्या समाधान उन्मुख, हिमालयन बैंकका सबै बैंकिङ सेवा सामान्य

प्राविधिक समस्या समाधान उन्मुख, हिमालयन बैंकका सबै बैंकिङ सेवा सामान्य

काठमाडौँ :  विगत केही दिनदेखि बैंकको आन्तरिक प्रणालीमा देखिएको प्राविधिक समस्या समाधान उन्मुख भएसँगै हिमालयन बैंकका सम्पूर्ण बैंकिङ सेवाहरू सामान्य रूपमा सञ्चालनमा आएका छन्। बैंकले ग्राहकहरूले यसअघि भोग्नुपरेको असुविधाप्रति क्षमायाचना गर्दै हाल सेवा प्रवाह सहज बन्दै गएको जनाएको छ।

बैंकका अनुसार आन्तरिक प्रणालीमा देखिएको प्राविधिक समस्या समाधानको प्रक्रियामा रहेकाले ग्राहकवर्गले बैंकबाट प्राप्त गर्ने सम्पूर्ण सेवाहरू हाल सामान्य रूपमा सञ्चालन भइरहेका छन्।

बैंकले कुनै समस्या वा थप जानकारी आवश्यक परेमा २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्रको सम्पर्क नम्बर ०१–५९७००८९ मा सम्पर्क गर्न ग्राहकहरूलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट