Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

दोधारा चाँदनीको झोलुङ्गे पुल मर्मतका लागि १ करोड विनियोजन

दोधारा चाँदनीको झोलुङ्गे पुल मर्मतका लागि १ करोड विनियोजन

 

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा रहेको झोलुङ्गे पुल मर्मतका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल केही दिनअघि आएको बाढीका कारण क्षतिग्रस्त भएको थियो। 


पुलमा करिब २५ प्रतिशत क्षति पुगेपछि प्रदेश सरकारले मर्मतका लागि बजेट छुट्याएको हो।


केही दिनअघि प्रदेश सरकारले उक्त पुलको अवस्थाबारे अनुगमनसमेत गरेको थियो। आर्थिक मामिलामन्त्री चक्र मल्लले प्रदेशसभामा आइतबार बजेट प्रस्तुत गर्दै पुल मर्मतका लागि १ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट